|प्रतीकात्मक तस्वीर
पोखरान्युजडटकम, १६ असार –
सन् २०१६ को जनवरीदेखि जुन महिनासम्ममा मानवअधिकार उल्लङ्घनबाट पश्चिमाञ्चल विकास क्षेत्रमा २२० जना पीडित भएका छन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बुधबार यहाँ सार्वजनिक गरेको मानवअधिकार उल्लङ्घन र ज्यादतीबारे सार्वजनिक गरेको प्रतिवेदनमा महिला र बालबालिका धेरै पीडित भएको जनाइएको छ ।
उक्त ६ महिनाको अवधिमा २० जना नागरिकको हत्यासमेत भएको छ जसमध्ये सात महिला घरपरिवारबाट र १३ जना पुरुषको अन्यबाट हत्या गरिएको थियो ।
सो अवधिमा ११२ महिला र ७० जना बालबालिका हिंसाबाट पीडित भएका छन् । सातजना नागरिक जातीय भेदभावबाट पीडित भएको पनि इन्सेकको प्रतिवेदनमा उल्लेख छ । मानवअधिकार उल्लङ्घन गैरराज्यपक्षबाट २१४ र राज्यपक्षवाट छजना पीडित भएका थिए । सो अवसरमा जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले दण्डहीनता न्यूनीकरण गर्न दलीय प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, क्षेत्रीय प्रशासक कार्यालयका कृष्णप्रसाद रेग्मी, राष्ट्रिय मानवअधिकार आयोगका खिमलाल सुवेदी र इन्सेकका अधिकृत टङ्क खनाल लगायतका वक्ताले मानवअधिकार उल्लङ्घनका घटना न्यून गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution