पोखरान्युजडटकम, १६ असार –
जिल्लाका विभिन्न ठाउँमा भूक्षय रोक्न बाँस रोपिन थालेको छ ।
भूकम्पपछि विभिन्न ठाउँमा जमिनमा धाँजा फाटेका कारण पहिरो जाने सम्भावना रहेकाले त्यसलाई रोक्न बाँस रोप्न थालिएको हो । सहायक वन अधिकृत केबी थापाले जिल्लाका चलालगणेशस्थान, ढुंखर्क, चौबास, मेथिनकोटलगायतका गाविसमा भूकम्पपीडितलाई बाँस वितरण गरिएको जानकारी दिनुभयो ।
जिल्लामा रु २० लाख बजेट प्राप्त भएकाले सबै क्षेत्रमा बाँस रोप्ने तयारी भइरहेको थापाले बताउनुभयो । “हामीले यस वर्ष कम्तीमा १० हजार बाँस प्रजातिका बिरुवा रोप्ने दक्ष्य छ,” उहाँले भन्नुभयो । यस्तै गरिबका लागि कबुलियती वनअन्तर्गत सुन्तला र कागतीको बिरुवा समेत कार्यालयले किसानलाई अनुदानमा वितरण गरेको छ । चलालगणेशस्थान र ढुंखर्क गाविसमा ती बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरिएको बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution