दुई फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पोखरान्युजडटकम, १६ असार –

अपराधी जति चलाख भए पनि एक न एक दिन उ कानुनको कटघरामा पर्छ भन्ने तथ्यलाई पर्सा प्रहरीले प्रमाणित गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो ।

पर्साको सुर्जाहा गाविस–८ निवासी प्रभु सहनी मलाहको हत्याको अभियोगमा १६ वर्षदेखि फरार रहँदै आएका सुर्जाहा–८ कै दशई सहनी मलाह र नन्दलाल सहनी मलाहलाई प्रहरीले गए राति उनकै घरबाट पक्राउ गरेको छ ।

सहनी हत्याको अभियोगमा फरार रहेका अभियुक्तद्वय दशई र नन्दलाल घरमा लुकीछिपी बसेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

ती दुई अभियुक्त प्रभु सहनीको हत्यापछि भारतका सीमावर्ती क्षेत्रमा लुक्दै बस्दै आएका थिए ।  घरमा सुतिरहेका प्रभु सहनीको २०५७ साल भदौ १० गते गोली हानी हत्या गरेको अभियोगमा दशई र नन्दलाल विगत १६ वर्षदेखि फरार रहँदै आएको उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने कर्तव्य ज्यान मुद्दामा दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भएको प्रवक्ता बोगटीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button