पोखरान्युजडटकम, १६ असार –
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको नयाँ शिक्षा ऐन बुधबार अस्थायी शिक्षकहरुले जलाएका छन् । अस्थायी शिक्षकको हित विपरित ऐन ल्याईएको भन्दै उनीहरुको विरुद्धका दफाहरु जलाएका हुन् । ऐनको दफा ११ को उपदफा ७, ९ र १० मा अस्थायी शिक्षकलाई बर्खास्त गर्ने गरी प्रावधान आएकाले सोही उपदफा जलाएको समितिका अध्यक्ष विश्वरञ्जन पौडेलले बताए । बुधबार कास्की सहित पर्वत, बागलुङ, स्याङजा र तनहुँका अस्थायी शिक्षकहरुले पनि यो उपदफा जलाएका छन् । यस्तै समितिले बुधबार नै क्षेत्रीय शिक्षा निर्देशक मार्फत शिक्षामन्त्रीलाई विरोधपत्र पठाएका छन् ।
अस्थायी शिक्षकको दरबन्दीमा अस्थायी, लियन र परियोजनाले भाग लिन पाउने गरी परीक्षा लिनुपर्ने, परीक्षाबाट स्थायी हुन नसकेका शिक्षकलाई उपदान र औषधी उपचार खर्च दिनुपर्ने, स्थायी हुने शिक्षकको सम्पूर्ण सेवा अवधी गणना गर्नुपर्ने र उमेर हदको कारणले अवकास प्राप्त शिक्षकलाई सुविधा दिनुपर्ने मागसहितको पत्र शिक्षा मन्त्रीलाई पठाएका हुन् । बिरोध पत्र लिँदै क्षेत्रीय शिक्षा निर्देशक बिष्णु प्रसाद तिवारीले जतिसक्दो छिटो मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन् । आफ्ना मागहरु सम्बोधन नभए अझै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने समितिका सचिव बिष्णुमणी लामिछानेले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution