पोखरान्युजडटकम, १७ असार –
नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।
उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।
मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution