
पोखरान्युजडटकम, १७ असार –
नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।
उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।
मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो । रासस






कार्यकारिणी, संम्बैधानिक प्रमुख आदीलाई ‘तिनी,त गुण्डा , अपराधीलाई “वहाँ” कस्तो पत्रकारिता सम्बोधन शिक्षा ?