राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

पोखरान्युजडटकम, १७ असार –

शिक्षा ऐन, २०२८ ९आठौँ संशोधन०, २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

ऐनले साबिकको उच्च माध्यमिक शिक्षा परिषद्लाई बोर्डमा रुपान्तरण गरेको थियो भने बोर्डमा अध्यक्ष नियुक्ति नभएसम्म उपाध्यक्ष शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई अध्यक्षको कार्यभार दिइएको छ ।

बोर्डको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीलाई तोकिएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एकजना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्मा स्वतः मुक्त हुनुभएपछि नयाँ नियुक्तिको तयारी भएको हो ।

बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट ऐन कार्यान्वनका लागि विभिन्न निर्देशन दिइएको छ । निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयले गरी आएको कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९एसएलसी० सम्बन्धी कार्य हाललाई यथावत् रूपमा सोही कार्यालयमार्फत सञ्चालन गर्ने गराइनेछ । परिषद्को कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयलाई बोर्डको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालय कायम गर्ने र अन्तर्गत कार्यालयलाई अर्को निर्णय नभएसम्म बोर्डका शाखा कार्यालयको रूपमा कायम गरिनेछ ।
मन्त्रालयका अनुसार बोर्डमा कार्य गर्नका लागि कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९एसएलसी०को परीक्षा नियन्त्रण कार्यालयका सम्पूर्ण कर्मचारीलाई खटाइनेछ । परिषद्का कर्मचारीहरू बोर्डका कर्मचारी मानिने व्यवस्था भएकाले सबै कर्मचारीलाई तत् तत् पदमा बोर्डको कर्मचारी कायम भएको पत्र दिइनेछ ।

ऐनको आठौँ संशोधनअनुरुप शिक्षा नियमावली संशोधन मस्यौदा तयार गर्न मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको छ । सोबमोजिम शिक्षा नियमावलीको संशोधनपछि अस्थायी शिक्षकलाई दिइने सुविधा र शिक्षक स्थायी गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

कक्षा ११ र १२ को अनुमति÷सम्बन्धनसम्बन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानबिन गरी आवश्यक निर्णयका लागि पेस गर्न शिक्षा विभागमा महानिर्देशकको अध्यक्षतामा, शिक्षा विभागको शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक र साबिकको उच्च माध्यमिक शिक्षा परिषद्मा सम्बन्धन महाशाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन भएको छ ।

परिषद्ले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन÷प्रशासनसम्बन्धी कार्य शिक्षा विभागले गर्नेछ । परिषद्को पाठ्यक्रम महाशाखाले यससँग सम्बन्धित अभिलेख तथा कागजात पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

परिषद्बाट छात्रवृत्ति छनौट गर्न सूचना प्रकाशित गरेको परीक्षा, शिक्षा विभागले व्यवस्थापन गर्नेछ र परीक्षा व्यवस्थापन गर्न साबिकको बोर्डअन्तर्गतका कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्नेछन् । नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयले गर्नेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button