पोखरान्युजडटकम, १७ असार –
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका– ४ मा आज मध्यान्ह पङ्खामा झुन्डिएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका– ४ बस्ने सीताराम साह सोनारको छोरा २८ वर्षीय सन्तोष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
केहिदिनदेखि तनावमा रहँदै आएका युवक आज मध्यान्ह १२.३० बजेतिर घरमा कोही नभएको बेला आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा साडीको पासो लगाई झुन्डिएकोे प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
सन्तोषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution