पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

  • पोखरा न्यूज
  • २०७३ अषाढ १७
पूर्वमन्त्री मङ्गलसिद्धि मानन्धरको निधन

पोखरान्युजडटकम, १७ असार –

सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा निधन भएको छ ।

मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरलाई असार १० गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उहाँको आज बिहान १०ः४५ बजे निधन भएको अस्पतालका सञ्चार अधिकृत आएपी मैनालीले जानकारी दिनुभयो ।

उहाँलाई मूत्र प्रणालीका क्यान्सर विशेषज्ञ डा रोविन जोशीको टोलीले उपचार गर्नुभएको थियो । उहाँ दुई महिनाअघि मात्र भारतको राजिव गान्धी अस्पतालमा क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएको थियो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि त्रिचन्द्र कलेजमा राखिने र भोलि मात्र अन्तिम संस्कार गरिने परिवारले बताएको छ ।

मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ सङ्घीय समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति हुनुहुन्थ्यो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस