पोखरान्युजडटकम, १७ असार –
जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ ।
गत वर्ष भन्दा यस वर्ष १४६ मेट्रिक टन बढी आँप उत्पादन भएको हो । गत वर्ष तीन हजार ८६९ मेट्रिक टन आँप उत्पादन भएको थियो भने यस वर्ष चार हजार १५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत चतुर्भुज चौधरीले जानकारी दिनुभयो ।
जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । जिल्लामा अम्रपाती, दशहरी, चल्लिका, लङ्गडा, माल्दा, चौसा आदि उन्नत जातका आँपको खेती हुने गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution