पोखरान्युजडटकम, १७ असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
देवीडाँडा खानेपानी आयोजनाको रकम निकासा दिँदा इ रमेश महर्जन, उपभोक्ता समितिका अध्यक्ष भागवत घिमिरे र सचिव गोपाल तिमिल्सनाले रु ४५ हजार घुस लिँदालिँदै केही दिन पहिले आयोगको विशेष टोलीले पक्राउ गरेको थियो ।
आरोपित तीनै जनालाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो । यस्तै आयोगले आजै इलाका प्रहरी कार्यालय हजारिया सर्लाहीका प्रहरी नायब निरीक्षक हरिनाथ प्रसादको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रहरी नायब निरीक्षक प्रसादले पेस गरेको विहार इन्टरमेडियट शिक्षा परिषद् पटना भारतअन्तर्गत पण्डित उमङ्ग पाण्डेय महाविद्यालय मोतीहारीबाट सन् १९९० मा आइएस्सी उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको हो । आयोगले अभियुक्त प्रसादलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution