लागु पर्दाथ दुव्र्यसनी रोक्न अभिमुखीकरण

पोखरान्युजडटकम, १७ असार –

युवाहरुलाई सामाजिक कार्यमा उत्तरदायी बनाउन सक्ने हो भने समाजमा विद्यमान लागु औषध दुव्र्यसनीको समस्या समाधान गर्न सजिलो हुने धारणा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा व्यक्त गरेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

राष्ट्रिय युवा परिषदले आयोजना गरेको लागु पदार्थ दुव्र्यसन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा समाजमा भयावह रुपमा रहेको युवाका हरुमा विकसित हुँदै गएको लागु औषध दुव्र्यसनलाई न्युनिकरण गर्न यूवाहरुलाई सामाजिक, आर्थिक र राजनितीक रुपमा सुदृढ वनाउन सहभागीहरुले सुझाव दिएका छन । सहभागीहरुले यसको रोकथामकालागि अभिभावक, समाज, विद्यालय र प्रहरीको समन्वायत्मक भुमिका अपरिहार्य समेत रहेको वताए ।

नेपालमा लागु औषधको सेवन वार्षिक ११ प्रतिशतले वृद्धी हुदै गएको तथ्याङ्गले देखाएको छ । २०६९ को तथ्यांक अनुसार लागु औषधको सेवन गर्नेको संख्या कास्कीमा ६ हजार ९ सय १७ रहे पनि चार वर्ष पछि यसको संख्या करिव १० हजार पुगेको तथ्यांकले देखाएको हो । वार्षिक ११ प्रतिशतले वृद्धी हुंदै गएको लागु औषधको मुद्धा अन्यको भन्दा ६० प्रतिशत रहेको रहेको छ । नेपालमा कास्की जिल्ला लागु औषध दुव्र्यसनीको सख्यामा तेश्रो स्थानमा रहेको छ । २०६९ को तथ्यांक अनुसार नेपालमा कुल दुव्र्यसनीको सख्यां ९१ हजार ५ सय ३४ रहेका छन । लागु पर्दाथ दुव्र्यसनीका लागि नेपालमा करिव १ सय ३४ सुधार केन्द्रहरुको स्थापना गरिएको छ । ति केन्द्र हरुमा १० हजार दुव्र्यसनीहरु बसेको भए पनि अझै ८० हजार भन्दा वढी सुधार केन्द्र वाहिरै रहेको अनुमान गरिएको छ । कास्कीमा त्यस्ता १० सुधार केन्द्रको स्थापना गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, सहायक जिल्ला अधिकारी दिपेन्द्र ढकाल, परिषदका उप सचिव रमा अर्याल लगाएतले वोलेका थिए । कार्यक्रममा लागु पर्दाथ नियन्त्रण गण्डकी धौलागिरीका प्रमुख रविन्द्रमान गुरुङ्ग,कम्युनिटी सर्पोट गु्रपका निर्देशक दिलिप गुरुङ्गले छुट्टा छुटुटै कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका करिव ५० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button