वैदेशिक रोजगारमा पिडित भएकाको लागि पोखराबाटै निशुल्क रुपमा मुद्धा लडीने

पोखरान्युजडटकम, १७ असार –

रोजगारको शिलशिलामा ५ बर्ष मेलेसिया काम गरेर पुनः नेपाल फर्किएका पर्वत पाखापानीका सुरज कार्की दोश्रो पटक विदेश जाने तयारी गर्दा दलालबाटै ठगिएका छन । ओरेन्टीयल सर्भिसको कार्ड देखाउदै भरत थापाले कार्की जस्ता ४ जना युवाहरुको जनहि ५० हजारको दरले रकम लिएर विदेश पठाउने आश्वासन दिए पनि उनी हाल सम्पर्क विहिन हुदा विदेश जाने सपना वोकेर केहि रकम बुझाएका कार्की जस्ता हजारौं युवा अझै पनि दलालबाट ठगिएका छन। प्रबेसीका परिक्षा उर्तिण गरेसंगै घरको आर्थिक बोज थेग्न नसके पछि विदेशीएका कार्की सहित उनका अन्य ३ जना साथे क्षेत्र बहादुर पौडेल, ख्याम बहादुर क्षेत्री र असोक थापा पनि दलालबाट ठगिएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनीहरुले करीब ३ महिना अघि चैत्रमा विदेश जाने भनेर दलाललाई गत मंसिरमा जनहि ५० हजारका दरले शुल्क बुझाएका थिए । फागुन मसान्तरसम्म सम्पर्कमा आएका दलाल भरत थापा चैत्र महिना लागेसंगै सम्पर्क विहिन भएकोले पोखराबाटै आफुहरुलाई ठग्ने व्यक्ति माथि कारवाही र क्षत्रि पुर्ति उपलब्ध गराउनु पर्ने कार्कीले माग गरेका छन । उनले भने “हामीलाई विदेश पठाउछु भनेर दलालले लिएको पैसा पोखराको यस पिपुल फोरमले जति छिटो फिर्ता गराउने छ भन्ने हामी पुर्ण विश्वस्त छौं ।” दलालले लगेको पैसा फिर्ता गराउन आफ्ना साथेहरुले झन काठमाण्ठौं जादा खर्च हुने भएकोले काठमाण्डौं नगएको कार्कीले बताए । पोखरामा बैदेशीक रोजगार पिडितलाई निशुल्क कानुनी सहायता दिने भएकोले यसबाट आफुहरुले केहि रहात पाउन सक्ने उनले आसा व्यक्त गरेका छन । बैदेशीक रोजगारमा जानेहरु दलालबाट मात्र होईन मेनवार कम्पनीबाट पनि ठगिने गरेका छन । कास्की भलामका सुरज रसाईली प्सल टु अध्ययन गर्ने क्रममा विदेश जनो सुरु कसे पछि युनिभर्सल सर्भिस काठमाण्डौंबाट केहि समय अघि विदेश गए पनि सम्झौता विपरित दाम र काम भए पनि उनी स्वदेश फिर्ता भएका छन । हप्तामा ८ घण्टा काम गर्ने गरी जुन काम गरे वापत एक हजार १ सय ५० रियल दिने भने पनि त्यहाँ पुगे पछि भने १२ घण्टा काम तोकेको मुल्य पनि नदिए पनि उनकी आमाले पसा पठाएर उनी स्वदेश फिर्ता भएका हुन । आफुले भने अनुसारको काम नभएकोले अब क्षेतिपुर्ति उपलब्ध गराउन पिपुल फोरमले समन्वयकारी भुमिका खेल्ने विश्वास लिनु भएको छ ।

नेपाली युवाहरु रोजगारको लागि आवश्यकता र चहानाले गर्दा विदेश जाने गरेका छन भने विदेश जादा सरकारबाट मान्यता प्राप्त नभएको मेन पावर कम्पनी र दलाललाई अग्रिम पैसा बुझाउने गर्दा धेरै नेपालीहरु ठगिने गरेका छन ।

नेपालका धेरै ठाँउहरुबाट युवाहरु विदेश जाने नाममा र कोहि विदेश गएर ठगिएकोले सरकारले बैदेशिक रोजगारमा पिडित भएकाहरुको लागि कानुनी सहायता तथा सचेतना जगाउने उद्धेश्यले पोखरामा पनि पिपुल फोरमको कार्यालय स्थापना भएको हो । पोखराको राष्ट्र बैंकचोक क्षेत्रमा हालै स्थापना भएको उक्त कार्यलयमा हाल कानुनि सहायता अधिकृत अधिवक्ता भुवन पराजुली र कानुन अधिकृत एवं अधिवक्ता दिपेन्द्र अर्याल बैदेशीक रोजगारमा पिडित भएकाहरुको लागि वकालत गर्न तथा बैदेशीक रोजगार सम्बन्धि सचेतना जगायन कार्यालयमा रहेका छन ।

वैदेशीक रोजगार पिडितलाई निशुल्क कानुनि सहायता तथा बैदेशीक रोजगार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले वैदेशीक रोजगार विभाग र नेपाल सरकारको आर्थिक सहयोगमा उक्त कार्यालय स्थापना भएको हो । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम ) कानुनकर्मीहरुको मानव अधिकारबादी संस्था हो । पिपुल फोरमले मानव अधिकारका अन्य बिषयहरु भmै बैदेशीक रोजगारको कानुन तथा निति सुधारका लागि वकालत, कानुन कार्यान्वयको अनुसन्धान तथा वैदेशिक रोजगार पिडितलाई निशुल्क कानुनी सहायता जस्ता क्षेत्रमा काम गर्दै आएको कानुनि सहायता अधिकृत अधिवक्ता भुवन पराजुलीले बताईन ।

पिपुल फोरमले गभरनेन्स फसिलिटि, नेपाल को आर्थिक सहयोग र वैदेशीक रोजगार प्रबद्र्धन बोर्डसंगको सहकार्यमा नेपालका विभिन्न ६ वटा जिल्लाहरुमा आप्रवासी कामदारको न्यायमा पहुच पुराउन परियोजना संचालन गरीएको उनले बताईन । परियोजना अन्र्तगत गरीब तथा पिडित आप्रवासी कामदारहरुलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउने, बिद्यमान बैदेशीक रोजगार कानुन समय सापेक्ष सुधार तथा निति कार्यान्वयनका लागि वकालत गर्नु, आप्रवास कामदाहरुका अधिकार र बैदेशिक रोजगार सम्बन्धि कानुनी प्रकृयाका बारेमा आप्रवासी कामदार, कानुन कार्यन्वयन गर्न अधिकारी र सेवा प्रदायकहरुको क्षमता अभिबृद्धि गर्नु रहेको कानुनि सहायता अधिकृत अधिवक्ता पराजुलीले बताईन ।

वैदेशीक रोजगारमा पिडित भएकाहरुको निशुल्कः रुपमा मुद्धा लड्ने वैदेशीक रोजगारको सचेतना जगाउन गाँउ गाँउमा सचेतना मुलक अभिमृखिकरण कार्यक्रम गर्ने गरी पोखरामा यस पनि संस्था हालै गठन भएको हो ।

अफ्गानिस्तान कावुल घटनाले फेरी वैदेशीक रोजगारमा जाने नेपालीलाई एक पटक झस्काएको छ । रोजगारको लागि सात समुद्रपारी अर्कोको देशमा अर्कोको अधिनमा अर्काले दिएको निर्देशनमा काम काज गर्दाको पिडालाइ पुनः दर्शाएको छ । तर पनि हामी नेपालीहरु विदेश जाने भने पछि हुरुक्कै हुन्छौं । विदेशमा धेरै रकम आम्दानी हुने लोभले गर्दा आजभोलि हाम्रा देशका युवाहरु स्वदेशमा केहि गर्न चाहादैनन । स्वदेशमा मुस्कीलले मासिक १०÷१५ हजार कमाउने गरेका नेपालीले विदेशमा गएपछि कम्तीमा पनि ५० हजार देखि लाख बढी आम्दनी गर्ने भए पछि विदेश हाकिने ट्रेन चलेको पाईन्छ । नोपलको अर्थतन्त्रलाई विदेशबाट आएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानिदै आएको छ भने गाँउ गाँउका युवा शक्ति बाहिरिएका छन । आर्थिक बर्ष २०७१÷०७२ मा नेपालको कुल ग्राहस्थ उत्पादनमा करीब २९ प्रतिशतजसो रेमिट्यान्सले योगदान पुराएको थियो यो रेमिट्यान्स यस चालु आर्थिक बर्षमा झन बढ्ने देखिन्छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४० लाख भन्दा बढी युवा शक्ति खाडी मुलुक देखि विश्वका धेरै मुलुकमा रोजगारको शिलशिलामा गएका छन । नेपालको कृषि क्षेत्र पछि वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स कुल ग्राहस्थ उत्पादनको दोश्रो स्थानमा रहेको छ । ६५ प्रतिशत जनताहरु कृषि क्षेत्रमा आवद्ध छन भने कुल ग्राहस्थ उत्पादनको कृषि क्षेत्रमा योगदान भने ३२ प्रतिशत रहेको छ । गत बर्ष वैदेशिक रोजगारमा गएका व्यक्तिहरुबाट ६ खर्ब १७ अर्व २७ करोड रुपैया नेपाल पठाएको विभिन्न तथ्याङकमा उल्लेख भएको पाईन्छ । नेपालमा करीब ६० प्रतिशतजसो परिवारमा विभिन्न श्रोतमार्फत रेमिट्यान्स पुग्ने गरेको बताइृन्छ ।

कास्कीका ७ गाविस र ३ वडामा बैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम हुने

कास्की जिल्लाका ७ वटा गाविस र ३ वटा वडामा गरी १० ठाँउमा बैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण र कानुन सचेतना कार्यक्रम संचालन हुने भएको छ । बैदेशिक रोजगारमा गएर पिडित भएकाहरुको हकअधिकार प्राप्तीको लागि र विदेश जादा ध्यान दिनु पर्र्ने कुरा सहित व्यक्तिहरुलाई सचेत पार्न उक्त कार्यक्रम आयोजना गर्न लागिएको पिपुल फोरम पोखराका कानुन अधिकृत एवं अधिवक्ता दिपेन्द्र अर्यालले बताए । उनका अनुसार कास्कीमा बैदेशीक रोजगार सम्बन्धि अभिमुखिकरण र कानुनी सहायता प्रदान गर्ने उद्धेश्यले कास्कीको ढिकुरपोखरी, भदौरे तामागी, मौजा, माछापुछ्रे, थुमाको डाँडा, घान्द्रुक र पार्चे गाविसमा उक्त कार्यक्रम हुने भएको हो । त्यसै गरी पोखरा उपमहानगरपालीका वडा नम्बर २१ अर्मला, वडा नम्बर २४ कृष्ती र २३ निर्मल पोखरीमा उक्त कार्यक्रम हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button