बीस हजार बालबालिकालाई पूर्ण खोप

पोखरान्युजडटकम, १८ असार –

झापाका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जन्मेदेखि एक वर्षसम्मका २० हजार ३०० बालबालिकाले पूर्ण खोप लगाएका हुन्।

सन् २०१७ सम्ममा नेपालका सबै बालबालिकालाई पूर्ण दिइने अभियानअन्तर्गत झापाका २० हजार बालबालिकाले पूर्ण खोप लगाइसकेको पौडेलले बताउनुभयो ।

झापाका अहिले शनिअर्जुन र शिवसताक्षी गरी दुई नगरपालिकासहित छ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएका छन् ।

पूर्ण खोपयुक्त गाविस धाइजन, शान्तिनगर, हल्दिवारी, बुधबारे, डाँगीबारी र गोलधाप रहेका छन् । दुवागढी गाविससहित विर्तामोड र गौरादह नगरपालिका पनि पूर्ण खोपयुक्त नगर घोषणाको तयारीमा रहेको खोप अधिकृत पौडेलले बताउनुभयो ।

दुवागढी गाविस आज पूर्ण खोपयुक्त गाविस घोषणा हुँदैछ भने विर्तामोड २१ गते र गौरादह २२ गते पूर्ण खोपयुक्त नगर घोषणाको तयारी भइरहेको खोप अधिकृत पौडेलको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button