सर्पले डसेर एकजनाको मृत्यु

  • पोखरा न्यूज
  • २०७३ अषाढ १८
Post Thumbnail

पोखरान्युजडटकम, १८ असार –

मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ ।

उदयपुर जिल्लाको जोगिदह गाविस–४ घर भई गाईघाट–२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको हो ।

आफ्नो घर जोगिदहमा गएर भान्साघरको चुलो लिपपोत गर्ने क्रममा चुलोमुनि प्वालमा लुकिरहेको गोमन सर्पले चौधरीलाई डसेको थियो ।

सर्पले डसेलगत्तै चौधरीलाई उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि विराटनगर लगिएको स्थानीय दीपक चौधरीले बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस