किबीको व्यावसायिक खेती

पोखरान्युजडटकम, १८ असार –

सिन्धुली जिल्लाको पूर्वी गाविस महादेवडाँडामा किबीको व्यावसायिक खेती र किबी उत्पादन सुरु भएको छ । महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गर्नुभएको हो । गत वर्षबाट नै उहाँको बगँैचामा किबीको उत्पादन सुरु भइसकेको कार्कीले बताउनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्कीले किबीको फल मात्र हैन बिरुवा समेत उत्पादन गर्ने गर्नुभएको छ । गत साल पाँच क्वीन्टल किबी बेच्नुभएका कार्कीले यसवर्ष भने राम्रो उत्पादन भएकाले राम्रो कमाइ हुने आशा व्यक्त गर्नुभयो ।

कार्कीले यसवर्ष किबीका एक हजार भन्दा बढी बिरुवा उत्पादन र बिक्री गरेको बताउनुभयो । बिरुवाको माग अधिक रहेकोले बिरुवा उत्पादन सुरु गरेको हुँ ’ उहाँले भन्नुभयो “किबीको प्रति बिरुवा रु ३०० देखि रु ३५० मा बिक्री हुन्छ ।” उहाँको किबी खेतीबाट प्रभावित बनेर जिल्लाका अन्य गाविसका किसानले समेत किबीको व्यावसायिक खेती सुरु गर्न थालेका छन् ।

कार्कीले व्यावसायिक रुपमा किबी खेतीका साथै विभिन्न नगदेबाली र जडीबुटीको खेती सुरु गर्नुभएको छ । बगैँचामा करिब एकहजार ५०० बोट किबी छन्, भने किबी बाहेक स्याउ, ग्राउन एप्पल, बोझोलगायतको व्यावसायिक खेती गरिएको छ ।

महादेवडाँडा गाविसकै अन्य किसान र तोस्रामखोला, रतनचुरालगायत गाविसका किसानले पनि व्यावसायिक रुपमै किबीखेती सुरु गरिसकेको कार्कीले बताउनुभयो ।

किबीलाई बहुउपयोगी फल मानिन्छ । यस फलको बजार मूल्य प्रतिकिलो रु ५०० देखि रु १२ सय सम्मपर्ने गर्दछ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किबीको बिरुवा पुस महिनामा रोप्न सकिने कृषि प्राविधिकको भनाइ छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने किबीको बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ ।

उत्पादन र आम्दानीका हिसाबले किबीखेती राम्रो मानिए पनि यसको सम्भावना रहेका स्थानमा पनि किबीखेती गर्न सकिए आयस्तर उकास्नुका साथै खाली जमिनको पनि सदुपयोग गर्न सकिने छ ।

किबीखेतीको उत्पादन र व्यवसाय वृद्धिमा सम्बन्धित निकायले बेलैमा चासो देखाउनु आवश्यक देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button