पूर्वमन्त्री मानन्धरप्रति श्रद्धाञ्जलि

पोखरान्युजडटकम, १८ असार –

सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको पार्थिव शरीरमा विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खुलामञ्चमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठ लगायत मधेसकेन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

मङ्गलसिद्धि मानन्धर 2

समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति मानन्धरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान पार्टी कार्यालय तीनकुने र त्रिचन्द्र कलेजमा राखिएको थियो । स्व मानन्धरको आजै पशुपति आर्यघाटमा बौद्ध परम्परानुसार अन्त्येष्टि गरिने समाजवादी फोरमका महासचिव रणध्वज कन्दङ्वाले जानकारी दिनुभयो ।

मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका अध्यक्ष समेत हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button