खानी उत्खननका लागि गृहकार्य हुँदै – मन्त्री पाण्डे

पोखरान्युजडटकम, १८ असार –

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दैलेखबाट प्राप्त पेट्रोलियम पदार्थको नमुना परीक्षण भई चीनको सहयोगमा दोस्रो चरणको कार्य अगाडि बढाउने समझदारी भएको बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा पेट्रोलियम पदार्थ उत्पादनका लागि दैलेखबाट अन्वेषण सुरु गरिसकिएको बताउँदै नवलपरासीमा फलामलगायत धातुजन्य खानी, मुस्ताङमा युरेनियम र नुन खानी उत्खननका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

राप्रपाका नेता पशुपतिशम्शेर राणाले सरकारले संविधानप्रति असन्तुष्ट पक्ष तथा मधेसकेन्द्रित दलको भावनालाई चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जिल्लामा रहेका भूकम्पपीडितलाई छानो नहुँदा अहिले ठूलो समस्या रहेको र वर्षात् अगाडि नै राहत तथा सहयोग उपलब्ध गराउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले अहिलेको संविधान गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको जगमा उभिएको विचार व्यक्त गर्दै त्यसको कार्यान्वयनका लागि आफ्नो पार्टीले सहयोग पुरयाउने बताउनुभयो । उहाँले सरकारले देशमा भएका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै अब जनताले सरकारको विकल्प खोजेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button