पोखरामा पौने ६ किलोग्रामको शिशुको जन्म

पोखरान्युजडटकम, १८ असार –

पोखरामा एक महिलाले पौने ६ किलोग्राम भएको शिशुको जन्म दिएकी छन । स्याङ्जाको एलादी गाविस एक घर भएका हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीया लक्ष्मी गुरुङ्गले ५ किलो ७ सय ५० ग्रामको छोरा जन्माएकी हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शुक्रबार साँझ ५ः४६ बजे पोखराको रानीपौवामा रहेको साइ अर्चना हस्पिटलमा शल्यक्रियाबाट असाधारण तौल भएको शिशुको जन्म भएको उपचारमा संलग्न डा. अर्चना (इन्दु) पुनले बताईन । उनका अनुसार शिशु र आमाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । सामान्यतया ५ किलोग्रामसम्मको शिशु जन्म भएको थाहा पाएकी डा.अर्चनाले पौने ६ किलोग्रामको शिशु जन्मेकोले आफु अचम्म भएको बताइृन । शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको लक्ष्मीका श्रीमान् होम बहादुर गुरुङ्गले बताए । गुरुङकोे यो दोस्रो सन्तान हो । लक्ष्मी आफैं पनि अचम्ममा परेकी छन् ।

अन्य शिशु भन्दा धेरै तौल भएको शिशु जन्मिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेफर गरिएको हो । शिशुलाई अहिले एनआइसियुमा राखेर रेखदेख गरीएको अस्पतालका डा. रामचन्द्र बास्तोलाले जानकारी दिए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले ४ किलो ५ सय ग्रामसम्मको शिशु जन्मेको भए पनि पौने ६ किलोको शिशु जन्मनु असामान्य भएको बताए । शिशुको अबस्था सामान्य भए पनि असाधारण तौल भएकोले शिशुको रक्त संचार सहित स्वास्थ्य अबस्थालार्ई आफुहरुले बढी ध्यान दिनु पर्ने बताए ।

लक्ष्मीलाई शुक्रबार बेथा लागेपछि रानीपौवाको साइ अर्चना अस्पताल भर्ना गरिएको थियो । शुक्रबार साँझ शल्यकृयाबाट शिशुको जन्म भएको हो । गर्भवती अवस्थामा निकै कम जचाउन आउने लक्ष्मीलाई गर्भ रहेको ५ महिना पछि मात्रै थाहा भएको थियो । शुक्रबार बेथा लागेपछि अस्पताल ल्याइँदा मज्जाले मासुभात खाएर आएको बताएपछि ६ घण्टा पर्खाएर मात्रै शल्यकृया गरिएको डा. पुनले बताइन । उनले भनिन“ मलाइ भिडियो डाक्टरले आमाको बोसो धेरै छ अपरेसन गाह्रो होला भनेका थिए, अप्रेसन त गरियो तर, अरु सबै नर्मलै रह्यो, म आफैं छक्क परेकी छु ।” जन्मँदा ६ किलो तौल देखिएको बच्चा डिजिटल तौल मेसिनमा ५ किलो ७ सय ५० ग्राम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button