२०७४ सालमा नयाँ शक्ति शक्तिशालि पार्टी बन्ने खनालको दाबी

  • पोखरा न्यूज
  • २०७३ अषाढ १८
२०७४ सालमा नयाँ शक्ति शक्तिशालि पार्टी बन्ने खनालको दाबी

पोखरान्युजडटकम, १८ असार – 

नयाँ शक्ति नेपालका आर्थिक व्याबस्थापन तथा सुसासन विभागका प्रमुख रामेश्वर खनालले २०७४ मा नयाँ शक्ति देशकै शक्तिशाली पार्टी बन्ने दाबी गरेका छन । नेपाल उद्योग बाणिज्य तथा पर्यटन महासंघ प्रदेश नम्बर ४ घोषणा तथा अन्तरकृया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अन्य पुराना पार्टी भन्दा भिन्न ढंगले अघि बढेकोले आगामी निर्वाचनबाट नयाँ शक्ति शक्तिशाली पार्टीको रुपमा स्थापित हुने दाबी गरेका हुन ।

आफुहरु कुनै नातावाद र कृपावादमा नलाग्ने जनाएका उनले पदमुक्त भएर जनताको सेवा गर्न आफुहरु यो अभयानमा लागेको जनाउदै उनले २०७४ सालमा नयाँ शक्ति देशको ठुलो पार्टीको रुपमा स्थापना हुने गरी गाँउ घरमा विभिन्न कार्यक्रमहरु गर्दै हिडेको जनाए । प्रदेश नम्बर ४ मा धेरै सम्भावना र चुनौतीहरु रहेको जनाउदै खनालले अव नेपाली युवाहरुलाई स्वदेशमै रमाउने गरी विभिन्न रोजगारका अवसरमाहरु, लगानीको वातावरण सृजना गर्नु पर्ने बताए । नेपाली युवाहरु रहरले भन्दा बाध्यताले गर्दा विदेशीको जनाएका उनले नेपाली युवा शक्तिलाई स्वदेशमै अवसरहरु सृजना गरी विदेश जानबाट रोक्नु पर्ने बताए ।

अन्य राजनीतिक दलहरु राजनीतिक सासनमुखि भएको कारणले गर्दा देशको विकास हुन नसकेको दाबी गरेका उनले आफुहरु सेवामुखि राजनीतिक गर्न नयाँ शक्ति नेपालमा लागेको प्रष्ट पारे । नेपालको आर्थिक समृद्धिको आधार मुख्य रुपमा उद्योग र पर्यटन भएको बताएका छन । उनले भने “हाम्रो देश कृषि प्रधान देश भए पनि हामीले कृषि क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सक्दैनौं, आर्थिक समृद्धिको लागि कृषि केहि आधार वन्न सक्ला तर आर्थिक रुपमा कायपलट गर्न हामीले उद्योग र पर्यटन क्षेत्रलाई नै अघि बढाउनु पर्दछ, यसैबाट हाम्रो देशमा छोटो समयमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।” कृषिले एक चरणको यात्रा पुरा गरे पनि निस्चित दुरीमा पुराउन नसक्ने दाबी गरेका उनले उद्योग र पर्यटनलाई अघि बढाउन सके २५ बर्षमा विकसित मुलुको दाजोमा पुर्याउन सकिने जनाए ।

नयाँ शक्ति नेपालका संसदिय मामिला विभाग प्रमुख केशव दाहालले राजनीतिक स्थायित्व र शान्ति नभएसम्म देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने दाबी गरे । राष्ट्रिय एकता तथा भावनात्मक एकताको आवश्यक भएको उनले जनाए । नयाँ शक्ति नेपालका युवा विभाग प्रमुख देवेन्द्र पराजुलीले राजनीतिक अबस्था धमिलिएको हुनाले राजनीतिक अबस्थालाई सङल्याउन सवै एक हुनु पर्नेमा बताए । उनले भने “ अब विकासको नाममा तोडफोड वन्द हड्ताल भन्दा दक्ष जनशक्ति उत्पादन, विज्ञहरुको उत्पादन गर्न तर्फ लाग्नु पर्दछ, हाम्रो देशमा विभिन्न वाहानामा भएका वन्द हड्तालले देशको आर्थिक अबस्था डामाडोल अबस्थामा पुराएको छ । ” नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा आर्थिक बिश्लेसक आनन्दराज मुल्मीले आर्थिक समृद्धिको लागि राजनीतिक पार्टीहरु एक भई अघि बढ्नुको विकल्प नभएको बताए । उनले नेपालको व्यापार घाटा घटाउन तर्फ सरकार लाग्नु पर्ने बताए ।

सहभागिहरुले अन्य पार्टी भन्दा भिन्न ढंगले देशको आर्थिक समृद्धि, वेरोजगार समस्या समाधान, वैदेशीक रोजगारमा जाने युवा शक्तिलाई स्वदेशै रोजगारको अवसर, देशमा शान्ति र समृद्धि गर्न आर्थिक उत्पादनमा रणनितिक योजना आवश्यक भएको बताएका थिए । यसै बिच, हरी राज पन्तको संयोजकत्वमा नयाँ शक्ति नेपाल, नेपाल उद्योग तथा पर्यटन महासंघ प्रदेश नम्बर ४ को नयाँ कार्यसमिति गठन भएको छ । ३९ सदस्य नयाँ कार्यसमिति गठन भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस