दश वर्षे विकास योजना बनाउनु पर्ने – युवा नेता गगन

पोखरान्युजडटकम, १९ असार –

अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको धारणा राख्नु भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो ।

विकासका लागि जागरुक नागरिक आवश्यक –नेता अधिकारी

सोही फोरममा आफ्नो मन्तव्य राख्ने क्रममा अर्का युवा नेता तथा सांसद रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गर्नुभयो ।

युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले पु¥याएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

आजबाट सुरु भएको तीनदिने सम्मेलनमा विभिन्न फोरम र खेलकुद कार्यक्रमसमेत समावेश भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button