पोखरान्युजडटकम, १९ असार –
जिल्लामा चियाखेती सुरु गरिएको छ ।
‘गोल्डेन टि स्टेट’ प्रालिले अमरभूमि–९ सिरबारेमा चियाको व्यावसायिक खेती सुरु गरेको हो । पहिलो चरणमा ५०० रोपनी क्षेत्रफलमा ५० हजार चियाका बिरुवा रोपिएको प्रालिका सञ्चालक इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन गरेर तीन हजार हेक्टर क्षेत्रफलमा चियाखेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।
माटो परीक्षण र सम्भाव्यता अध्ययनपछि चियाखेती सुरु गरिएको हो । सञ्चालक सापकोटाले राष्ट्रिय उत्पादन र आर्थिक समृद्धिमा टेवा पुरयाउन चियाखेती सुरु गरिएको बताउनुभयो । वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल चियाखेतीका लागि बागलुङ सम्भावनायुक्त ठाउँ रहेको बताउनुहुन्छ । “चियाको सम्भाव्यताबारे परीक्षण गरिरहेका छौं,” उहाँले भन्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution