पोखरान्युजडटकम, १९ असार –
जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ ।
जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । प्रतिबोका रु १५ हजारका दरले रु १५ लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
दाहाखानी, चन्डिभञ्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरका ७२ वडामा एक–एकवटाका दरले बोका बाँडिने छ । नस्ल सुधारसँगै उन्नत जातको बोकाका कारण आयआर्जनमा वृद्धि हुने कार्यालयले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution