पोखरान्युजडटकम, १९ असार –
खप्तडमा नेपाल टेलिकमले टावर निर्माण गरेपछि पर्यटक उत्साहित भएका छन् ।
लामो समयदेखि पर्यटकीयस्थल खप्तडमा सञ्चारका कुनै पनि माध्यम नहुँदा पर्यटकले सास्ती खेप्दै आएका थिए । अब पर्यटकलाई त्यस्तो कुनै समस्या भोग्नु नपर्ने नेपाल टेलिकम जिल्ला कार्यालयका प्रमुख गगन चन्द ठकुरीले बताउनुभयो । सामग्री लामो समयसम्म ढुवानी गर्न नसक्दा टावर निर्माणमा ढिलाइ भएको हो ।
ती सामग्री खप्तडको प्रवेशद्वार झिँग्रानामा लामो समयसम्म थन्किएका थिए । रु २५ लाखको लागतमा उक्त टावर निर्माण गरिएको हो । टेलिकमले असार मसान्तसम्ममा नेटवर्क छोडिने जनाएको छ । खप्तडमा टावर निर्माण पछि स्थानीय बासिन्दा हर्षित भएका होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपक खड्काले बताउनुभयो । “पर्यटकले सञ्चारका माध्यम नहुँदा खप्तडमा निकै समस्या भोग्दै आएका थिए, अब सहज भयो,” उहाँले भन्नुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution