पोखरान्युजडटकम, १९ असार –
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
इराकको राजधानी बग्दादको व्यस्त बजारमा आज भएको विस्फोटमा मारिने ७९ मध्ये अधिकांश बालबालिका छन् । सयौँ व्यक्ति गम्भीर घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको सभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।
“अफगानिस्तान, टर्की र बङ्गलादेशमा आतङ्ककारीले अमानवीय तवरले धेरै व्यक्तिको हत्या गरेको घटना सेलाउन नपाउँदै इराकको आक्रमणले विश्वलाई फेरि शोकविह्वल बनाएको छ, विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका घटनाको काँग्रेस निन्दा र भत्र्सना गर्दछ”–वक्तव्यमा सभापति देउवाले भन्नुभएको छ । हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काँग्रेसको स्पष्ट धारणा रहेको उहाँको भनाइ छ ।
दुःखद् क्षणमा इराक सरकारमार्फत् पार्टीका तर्फबाट सहानुभूति प्रकट गर्दै सभापति देउवाले धैर्यताका साथ अघि बढ्न इराकी जनतालाई आग्रह गर्नुभएको छ । उहाँले वक्तव्यमा दिवङ्गत आत्माको चीर शान्ति, परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस a
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution