|प्रतीकात्मक तस्बिर
पोखरान्युजडटकम, १९ असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नासु कर्णले सुरु नियुक्ति एवम् बढुवा प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समितिबाट सन् १९८२ मार्चमा मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली देखिएको पाइएको हो । आयोगले नासु कर्णलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
यस्तै आयोगले आजै जनप्रिय क्याम्पस सिमलचौर पोखरामा मुख्य सहायक पदमा कार्यरत नारायणी पौडेल चालिसेले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुख्य सहायक चालिसेले पेस गरेको उत्तर प्रदेशबाट सन् १९९२ मा माध्यामिक तह उत्तीर्ण गरिएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ । आयोगले मुख्य सहायक चालिसेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution