पोखरान्युजडटकम, १९ असार –
पोखरामा विना इजाजत विषको ब्यापार भएको भेटीएको छ । आइतबार जिल्ला विषादी अनुगमन ब्यस्थापन समितिले पोखराको रानीपौवा देखि काहुँखोला सम्म ६ वटा खुद्धा विषादी विक्रेता पसलमा गरेको अनुगमनमा दाना सप्लार्यसमा बिना इजाजत विषादी बेचेको भेटीएको जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख रमेश प्रसाद कोइराले बताउनु भयो । उहाले माटेपानीमा रहेको विपि सप्लायर्स र जिपि सप्लार्यसमा विना इजाजत दाना पसल बाट विषादी बेचेको भेटीएको
बताउनु भयो ।
इजाजत हुदा समेत दाना र विष एकै ठाउ बाट बेच्न नमिल्ने बताउदै कोइरालले विना इजाजत विष र दाना एकै ठाउ बाट विक्रिगर्दा ठुलो दुर्घटान हुन सक्ने बताउनु भयो । उहाले तरकारी च्याउ नजिकै विष राखेर विक्रि गरेको पाइएको पनि जानकारी दिनु भयो ।
यसै विच आधुनिक कृषि ब्यापार केन्द्र रानीपौवा, सागर नर्सरी केन्द्र तथा कृषि फाम लगायतले नविकरण नगरेको भेटीएको अनुगमन सहभागी जिल्ला प्रशासन कार्यलय कास्कीका प्रशासकीय अधिकृत सुरेश चन्द्र कोइरालाले बताउनु भयो । एक हप्ता भित्र दर्ता प्रक्रिया र नविरकणमा नआएर निमय संगत तरिकाले पसल सञ्चालन नगरे कानुन अनुसार कार्बाही गरीने बताउनु भयो ।
क्षेत्रीय कृषि निर्देशनालयका धनबहादुर रानाले अनुगमन केही पसलमा म्याद सकिएको विषादी पनि राखेको भेटीएकोले पहिलो पटक भएकोले म्याद सकिएको विषादी हटाउन निर्देशन दिइएको बताउनु भयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution