पौडी खेल्ने क्रममा कास्कीमा एक बालकको ज्यान गयो

पोखरान्युजडटकम, १९ असार –

पौडी खेल्ने क्रममा कास्कीमा एक बालकको ज्यान गएको छ । कास्कीको भदौरेमा पौडी खेल्ने क्रममा डुबेर भदौरेतामागी वडा नम्बर ५ बिसेका ७ वर्षिय रोशन भण्डारीको स्थानिय हर्पन खोलामा पौडी खेल्ने क्रममा शनिबार डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

पौडी खेल्न गएका ७ वर्षिय जेम्स अधिकारी भने पौडेर बाँच्न सफल भएको स्थानीयले बताए । २ दिनदेखी लगातार परेको पानीका कारण खोला बढेका बेला पौडी खेल्न गएका दुबैलाई खोलाले बगाएपनि जेम्स भने पौडेर बाहिर निस्कन सफल भएभने रोशनलाई भने खोलाले बगाएको थियो । शनिबार दिउँसो करीब ३ बजेको समयमा हर्पन खोलामा रोशन र उनका साथी जेम्स पौडी खेल्न गएको बताइृन्छ । रोशन भण्डारी दम्पतीका एकमात्र छोरा हुन् ।

साथी बगाएलगत्तै सँगै गएका जेम्सले हारगुहार गरेपछि स्थानिय सूर्य अधिकारीले पौडेर रोशनलाई निकालेका थिए । बाहिर निकालेर पानी छदाएपनि स्वासप्रश्वास नभएको देखिएपछि स्थानिय मेडिकल हलमा लगेको र मेडिकल हलले अस्पताल लैजान सुझाव दिए पछि उनलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालका चिकित्सकले तत्कालै मृत घोषणा गरेको स्थानिय शिक्षक ध्रुब भण्डारीले बताए ।

हर्पन सामान्य खोला हो तर २ दिनदेखी परेको अविरल वर्षाले हर्पनको पानीको वहाव बढेको भण्डारीले जनाए । उनले भने “ खोला बढेको बेला पौडिन जाँदा खोलाले बगाएको हो ।” पानीको बहाब बढेपछि स्थानियहरु दाउरा तान्न हर्पन खोलामा गएका थिए । त्यतिबेलामा नै रोशन डुबेकाले तत्कालै सूर्य अधिकारीले उद्धार गर्न सफल भएका हुन । अन्यथा उनको शरीर पनि भेटाउन फेवातालमा आएर खोज्नुपर्ने अवस्था आउने स्थानियले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button