स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी तालिम सम्पन्न

 

पोखरान्युजडटकम, २० असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महिलामा रोग लुकाउने प्रवृत्तिको कारण पाठेघर तथा स्तन क्यान्सरको अवस्था बढ्दै गएको छ ।

जनचेतना तथा शिक्षाको अभावको कारण उनीहरुले रोगबारे जानकारी नभएकाले रोग लुकाउने प्रवृत्ति बढ्दै गएको हो । यसै क्रममा यहाँ आइतबार आयोजित महिलालाई पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले सञ्चालित तीन दिने पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी तालिम सम्पन्न भएको छ।

जनकपुर उपमहानगरपालिकाको सहयोग तथा डेभलपमेन्ट नेपालको आयोजनामा सञ्चालित कार्यक्रममा महिलामा बाँझोपन हुने, सुरक्षित गर्भपतन तथा पाठेघर तथा स्तन क्यान्सरबारे जानकारी दिने उद्देश्यले सञ्चालित सो कार्यक्रममा डा धीरेन्द्रकुमार साह, डा प्रभाष यादव, मो नकाबुल राइन, सत्यनारायण मण्डल, दिनेशकुमार मण्डलले सोबारेमा प्रशिक्षण दिनु भयो ।

डेभलपमेन्ट नेपालका अध्यक्ष जगदीश साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पिपल प्रोग्रेस संस्थाका अध्यक्ष कमलेश मण्डलले रोग लाग्नुभन्दा रोग लाग्न नदिने, रोग लागे पनि समयमै उपचार गराउनुपर्ने धारणा राख्नु भयो ।

प्रशिक्षार्थीमध्ये गीतादेवी साह र अम्बिका मिश्रले सो तालिमबाट स्तन क्यान्सर तथा पाठेघर रोगबारे थाहा भएकाले हामी सचेत हुने अवसर प्राप्त भएको बताउनुभयो ।

सो तालिममा सहभागी ३० जना महिलालाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button