सिन्धुपाल्चोकमा मलको अभाव

पोखरान्युजडटकम, २० असार –

सिन्धुपाल्चोक जिल्लामा रासायनिक मलको अभाव भए पछि किसान चिन्तित भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गत वर्षको तुलनामा यस वर्ष चाँडै मनसुन सुरु भए पछि धान रोप्ने काम धमाधम भइरहेको र मलको अभावले धान खेतमा रासायनिक मल राख्न नपाए पछि किसान चिन्तित भएका हुन् ।

जिल्लामा कुल ४७ हजार हेक्टर क्षेत्रमा खेती गर्ने गरिन्छ । त्यसका लागि युरिया, डिएपी र पोटाससहित कुल ३० हजार मेट्रिक टन रासायनिक मलको आवश्यक पर्दछ । तर हालसम्म युरिया दुई हजार ३२३ मेट्रिक टन, डिएपी ५३९ मेट्रिक टन र पोटास १४ मेट्रिक टनसहित कुल दुई हजार ८७६ मेट्रिक टन मात्र रासायनिक मल प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो ।

“मलको लागि किसान दिनहुँजसो कार्यालयमा कराउन आउनु हुन्छ” अधिकृत श्रेष्ठले भन्नुभयो, “मागअनुसारको मल ल्याउने हो भने जिल्लामा ३० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ ।” किसानले प्रायजसो युरिया मल बढी प्रयोग गर्दछन् भने त्यसपछि डिएपीको प्रयोग गर्ने गरेका छन् । पोटासको प्रयोग गर्ने किसानको सङ्ख्या भने न्यून रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यसैगरी भूकम्प र खडेरीका कारण गत वर्ष यहि समयमा २-३ प्रतिशत मात्र रोपाइँ सकिएकोमा यस वर्ष अहिलेसम्म ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लामा १२ हजार २०० हेक्टर क्षत्रमा धानबाली लगाइने र २८ हजार मेट्रिक टन उत्पादन हुने गर्दछ । राष्ट्रिय धानबालीको उत्पादकत्व ३ दशमलव १५ प्रतिशत मेट्रिक टन प्रतिहेक्टर रहेको छ भने जिल्लामा प्रतिहेक्टर २ दशमलव ७१ प्रतिशत मेट्रिक टन मात्र उत्पादकत्व रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button