जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ

पोखरान्युजडटकम, २० असार –

जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गर्ने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न आरोपमा सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो ।

तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा ९राजन समूह० मा आबद्ध भई २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो ।

करणी मुद्दामा हलुवाइलाई थुनामा राख्न आदेश

स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–५ निवासी चन्देश्वर भनिने चन्दे साह हलुवाइलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पीडितको जाहेरीको आधारमा पक्राउ परेका हलुवाइविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार भएको सुनुवाइमा अदालतले हलुवाइलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

आदेशअनुसार आइतबार साँझ नै हलुवाइ पुर्पक्षका लागि सिरहा जिल्ला कारगार पठाएको छ ।

गत २०७३ वैशाख १५ गते गोलबजार नगरपालिका–५ निवासी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी फरार रहेको भन्दै प्रहरीले हलुवाइलाई पक्राउ गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button