बाँदरले मकैबाली खाइदिएपछि कास्कीका कृषक समस्यामा

पोखरान्युजडटकम, २० असार –

कास्कीको भरतपोखरी, कृस्तिलगायतका विभिन्न स्थानमा बाँदरले मकैबाली खाइदिएपछि कृषक समस्यामा परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भरतपोखरीका आँगेटारी, हुँडिकोटका साथै कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा धेरै क्षति पुरयाएको कृषकको गुनासो छ।जङ्गलमा बाँदरको सङ्ख्या अत्यधिक बढेको बताउने स्थानीयवासी बन्धुराज पौडेलले बाँदरका कारण अधिकांश स्थानमा कृषकले लगाएको ७० प्रतिशतभन्दा बढी मकैबालीमा क्षति पुगेको बताउनुभयो ।

कास्की जिल्लाका भरतपोखरी, कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा क्षति पुरयाएको गुनासो आउने गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण शाखाका प्राविधिक लिलाप्रसाद पङ्गेनीले बताउनुभयो ।राज्यको स्पष्ट नीति बनि नसकेका कारण पनि बाँदर नियन्त्रण गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

पछिल्ला वर्षमा वनजङ्गल बढ्दै जाने, खेतीपाती गर्ने क्रम घट्दै जाने भएका कारण पनि खेती भएका स्थानमा बाँदरले सताउने गरेको पङ्गेनीको भनाइ छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदर मार्न नहुने व्यवस्था गरेको छ । कास्की जिल्लामा मात्र नभएर देशव्यापी रुपमा बाँदरका कारण कृषक समस्यामा परेका कारण यसको उचित व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय हुँदै क्षेत्र एवम् केन्द्र स्तरसम्म पहल गर्नुपर्ने देखिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button