शीत भण्डार गृह निर्माण सुरु

पोखरान्युजडटकम, २० असार –

निजी क्षेत्रको पहलमा कैलाली जिल्लाको अत्तरियामा अत्याधुनिक शीत भण्डार गृह (कोल्ड स्टोर)को निर्माण थालिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साना तथा मझौला कृषि आयस्तर आयोजना (रिज्म), वल्र्ड भिजन नेपाल र कृषिउपज बेचबिखन क्षेत्रीय बजार समितिको संयुक्त प्रयासमा शीत भण्डार गृह निर्माण सुरु गरिएको हो ।

आगामी २० महिनाभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य लिइएको शीत भण्डार गृहको कुल निर्माण लागत रु चार करोड ५३ लाख रहेको निर्माणको पहल गर्नुभएका कृषिउपज बेचबिखन क्षेत्रीय बजार समिति अत्तरियाका अध्यक्ष नन्दलाल भट्टले बताउनुभयो ।

कुल लागत मध्ये रिज्मले रु दुई करोड ७४ लाख, वल्र्ड भिजन नेपालले चार लाख, र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट रु १० लाखको सहयोग प्राप्त हुन लागेको भट्टले जानकारी दिनु भयो ।

फलफूल तथा तरकारी बजार स्थल अत्तरियाको परिसरमा निर्माण हुन लागेको शीत भण्डार गृहको नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री लेखराज भट्टले हालै शिलान्यास गर्नुभएको थियो । सडक सञ्जालका दृष्टिमा सुदूरपश्चिम ७ नम्बर प्रदेशको मुख्य प्रवेशद्वारका रुपमा अत्तरिया बजार रहेको छ ।

सुदूरपश्चिममा तरकारी र फलफूलको खेती गर्ने व्यावसायिक कृषकले आफ्ना कृषिउपजको भण्डारनका लागि शीत भण्डारगृहको ठूलो समस्या भोगिरहेकाले यसको निर्माण थालिएसँगै फलफूल तरकारीको व्यावसायीकरणले ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।

स्थानीय कृषकले कोहलपुर, भैरहवा र महेन्द्रनगर (भीमदत्तनगर)मा रहेको शीत भण्डार गृहसम्म पुरयाएर अहिलेसम्म आलु भण्डार गर्नुपर्ने अवस्था रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button