जिविस चितवन नेपालकै पहिलो वातावरणमैत्री

पोखरान्युजडटकम, २० असार –

जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस बनेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयमा जिविस, चितवन नेपालकै पहिलो वातावरणमैत्री कार्यालय बनेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

“केन्द्रीयस्तरबाट प्राविधिकसहितको अनुगमन टोलीले प्रमाणित गरिसकेको छ, आउँदो शनिबार नै मन्त्रीकै उपस्थितिमा घोषणा गर्ने तयारी भइरहेको छ” पोखरेलले भन्नुभयो– “चितवन नमुना बन्न सफल भएकामा खुसी छौँ ।” सरकारले २०७० सालदेखि वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरेको थियो । मन्त्रिपरिषद्ले २०७० सालको असोज २३ गते स्वीकृत गरेको ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ अनुसार कार्यक्रम लागू भएको थियो । सोही कार्यक्रमअन्तर्गत तीन वर्षको अथक प्रयासमा सबै सूचक पूरा गरिएको पोखरेलले बताउनुभयो ।

कार्यालय वातावरणमैत्री हुनलाई मुख्यगरी १० मुलुक सूचक र ४४ विस्तारित सूचक पार गर्नुपर्छ । सरसफाइ, कार्यालय भवन मर्मत, सौन्दर्य र हरियाली, फोहर व्यवस्थापन, ऊर्जाको प्रयोग, सवारीको प्रयोग, सेवाग्राहीलाई प्रतीक्षालय, शौचालय, भवन सुरक्षा र चमेना गृह व्यवस्थानलगायत मूल सूचक रहेका छन् । मूल सूचकअन्तर्गत ४४ विस्तारित सूचक बनाइएको जिविस चितवनका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत महेश अधिकारीले जानकारी दिनुभयो ।

सोही सूचकलाई आधार मानेर जिल्ला विकास समिति चितवन नेपालकै जिविसमध्येकै पहिलो वातावरणमैत्री भएको हो । मुख्यगरी मूल सूचकअन्तर्गत उपसूचकमा कुहिने र नकुहिने फोहरलाई अलग अलग भाँडोमा राखेर व्यवस्थापन गर्नुपर्ने, क्यान्टिन र प्रतीक्षालय भएको हुनुपर्ने उल्लेख छ ।

यस्तै कम्तीमा हरियो स्टिकर भएको गाडी, भवन नक्सापास भएको, गार्डेन भएको, लैङ्गिकमैत्री शौचालय, प्लास्टिक प्रयोगमा निशेष गरिएको हुनुपर्ने हुन्छ । ऊर्जा खपत गर्ने चिमको प्रयोग भएको, खानेपानीको उचित व्यवस्थापन र निकास तथा हरियाली सौन्दर्य भएको हुनुपर्ने सूचकमा उल्लेख छ । बगैँचासमेत भएको हुनुपर्ने विस्तारिक सूचकमा उल्लेख छ ।

ती सूचकहरु पार भएकाले जिविस चितवन वातावरणमैत्री हुन सफल भएको सामाजिक शाखा प्रमुख रामहरि न्यौपानेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button