दीपायलमा टोल फ्री सेवा सुरु

पोखरान्युजडटकम, २० असार –

सर्वसाधारण जनताको समस्यालाई ध्यानमा राखेर क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा टोल फ्री ९पैसा नलाग्ने० फोनको व्यवस्था गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रहरी सेवालाई सर्वसुलभ बनाउन, प्रहरीमा जनताको सिधै पहुँच स्थापना गर्न, प्रहरीका काम कारबाहीबारे गुनासो सुन्न टोल फ्री नम्बरको व्यवस्था गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले जानकारी दिनुभयो ।

आपत्विपद्को समयमा सिधै फोन गर्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा १११३ नम्बरको टोल फ्री फोन सेवा सुरु गरिएको क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जानकारी दिएको छ ।

टोल फ्री नम्बरमा नेपाल टेलिकमको पोस्टपेड, प्रिपेड, ल्यान्डलाइन सबैबाट सम्पर्क गर्न सकिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button