दुर्लभ सालक फेला

  • पोखरा न्यूज
  • २०७३ अषाढ २०
दुर्लभ सालक फेला

पोखरान्युजडटकम, २० असार –

चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहेश्वरी गणमा दुर्लभ स्तनधारी जनावर सालक फेला परेको छ ।

शनिबार साँझ फेला परेको उक्त भाले सालकलाई सशस्त्र प्रहरीले आइतबार जिल्ला वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।

कार्यालयले भने उक्त दुर्लभ चिनियाँ जातको सालक भक्तपुरको सूर्यविनायक नपा सिपाडोलस्थित तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ । वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले तौडोल छाप सामुदायिक वन सालकको प्राकृतिक बासस्थान रहेकाले उक्त समूहलाई सालक हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उक्त सालकको गोलाइ ७१.५ सेन्टिमिटर र तौल ३.९९ किलोग्राम रहेको छ । जिल्ला वनले आइतबार समूहका कोषाध्यक्ष सञ्जीव थापालाई उक्त सालक हस्तान्तरण गरेको छ ।

उक्त सामुदायिक वनले दुर्लभ जनावर सालकको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत सालकको प्राकृतिक बासस्थानको संरक्षणसँगै उक्त क्षेत्रमा सुरक्षा घेरा लगाइएको समूहका अध्यक्ष महेश्वर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सामुदायिक वनमा अहिलेसम्म सातवटा सालक छाडिसकिएको छ । जिल्ला वन कार्यालयले हस्तान्तरण गरिएको सालक आइतबार सामुदायिक वनको सालक संरक्षित क्षेत्रमा छोडिएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस