सरकार परिवर्तन भए देशमा ठूलो सङ्कट – अध्यक्ष बिजुक्छे

पोखरान्युजडटकम, २० असार –

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार परिवर्तन भए देशले ठूलो सङ्कट भोग्नुपर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले वर्तमान् अवस्थामा सङ्क्रमणकालको व्यवस्थापन गर्न लागेको सरकार परिवर्तन गरे सङ्कट आउने बताउनुभएको हो ।

वर्तमान सरकार सजिलै परिवर्तन हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो– “यो संविधान कार्यान्वयनको बेला हो, सरकार परिवर्तन गर्ने समय होइन, सरकार परिवर्तन भइरहेमा झन सङ्कट आउँछ, त्यसैले वर्तमान सरकार परिवर्तन भएमा मुलुकमा गम्भीर सङ्कट आउँछ ।”

तत्काल नयाँ सरकार बन्ने सम्भावना नरहेको बताउँदै उहाँले सरकार परिवर्तनभन्दा विरोधी दलसमेत यही सरकारमा सहभागी भएर संविधान कार्यान्वयनलाई पूरा गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो । वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गराउन सक्ने बताउँदै उहाँले निर्वाचन भएमा देश र जनतालाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।

निजी मेडिकल कलेजहरुको गतिविधिबाट जनतामा त्रास पैदा भएको चर्चा गर्दै उहाँले मेडिकल कलेजले बिरामीको शरीरलाई प्रयोगशाला बनाउने गरेकामा रोष प्रकट गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button