पोखरान्युजडटकम, २० असार –
सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।
नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो ।
सेयर बजारको मापक निकाय नेपाल स्टक एक्चेन्जका अनुसार आज १४० कम्पनीको रु एक अर्ब ५४ करोड २० लाख सात हजार २३६ कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत कम भएको छ । विभिन्न कम्पनीका १८ लाख १७ हजार २७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज विकास बैंक र फाइनान्स समूहबाहेक अन्य समूहको सेयर ओरालो लागेको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, होटल ०.३३ प्रतिशत, जलविद्युत् ०.७६ प्रतिशत, इन्सुरेन्स ०.८४ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशते कमी आएको छ ।
लगानीकर्ता फाइनान्स समूहतर्फ आकर्षित भएपछि उक्त समूह ४.८३ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.१६ प्रतिशतले बढेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution