काँग्रेसको आँखा पार्टी सुदृढीकरणमा हुनुपर्छ – कोइराला

पोखरान्युजडटकम, २० असार –

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले काँग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यहाँ आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने बताउँदै त्यसपछि आउने निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राख्नुभयो ।

नेत्री कोइरालाले नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आउने गरेको बताउँदै वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।पूर्वउपप्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गर्नुभयो ।

नेकपा ९एमाले०का सचिव प्रदीपकुमार ज्ञवालीले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नभएकाले यसै सरकारको निरन्तरताको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले काँग्रेस र नेकपा ९माओवादी केन्द्र०लाई राष्ट्रिय सहमतिको सरकार बनाएर देखाउन चुनौती दिँदै भन्नुभयो, “कसैले राष्ट्रिय सहमतिको सरकार बनाएर देखाए एमाले एक मिनेट पनि सरकारमा बस्दैन, प्रतिपक्षमा बस्न तयार छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई बाहिर राखेर संविधान कार्यान्वयन र मुलुकका विद्यमान समस्या समाधान नहुने बताउदै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आफूहरुले महसुस गरेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button