भीमदत्तनगर, २० असार –
नेपाल प्रहरीले भारत लैजाँदै गरेको ३६ क्विन्टल अवैध सुपारी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट नियन्त्रणमा लिएको छ ।
आइतबार मध्यराति बेलौरी नगरपालिका–२ मा भारत लग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले सुपारी नियन्त्रणमा लिएको हो ।
जिप्रका कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले सुपारी नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । उहाँले बेलौरी प्रहरीले सुपारी नियन्त्रणमा लिएको बताउँदै थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय झलारी र त्रिभुवन बस्तीको टोलीसमेत बेलौरी पुगेको जानकारी दिनुभयो ।
सो सुपारी लामो समयदेखि बेलौरीमा बसेर व्यापार गर्दै आएका भारतीय मूलका व्यापारी जगजीत सिंह (भाटिया)को रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । सुपारी पक्राउ परेपछि भाटिया फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता खनालले सुपारी जिल्ला प्रहरी कार्यालय पुरयाएपछि कञ्चनपुर भन्सार कार्यालयलाई बुझाउने बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution