ढिकुरपोखरीमा शैक्षिक एवम् धार्मिक महोत्सव हुने

पोखरा, २० असार –

कास्कीको ढिकुरपोखरी ४ स्थित माछापुछ्रे शिक्षा क्याम्पस एवम् माछापुछ्रे उच्च माविमा प्राविधिक विषयमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आगामि माघ ५ गतेदखि ८ दिनसम्म ‘ढिकुरपोखरी शैक्षिक एवम् धार्मिक महोत्सव’ हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गोबिन्दशरण महाराजको बिशेष उपस्थितीमा आज बसेको सरोकारबालाको आम भेलाले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा महोत्सव मुल आयोजक समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै गोविन्दशरण महाराज ज्युले राष्ट्रको, पितृको, समाजको, परिवारको र व्यक्ति व्यक्तिको शान्तिका लागि शैक्षिक एवम् धार्मिक महोत्सव फलदायी बन्ने बताउनुभयो । कार्यक्रममा योग गुरु ईश्वरशरण, मुल आयोजक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेल, राप्रपा नेपालका केन्द्रिय सदस्य कुलबहादुर गुरुङ कुलु, पत्रकार श्रीभद्र पौडेल, पुर्व विद्यार्थी मञ्चका अध्यक्ष यादवराज अधिकारी, नेपाली कांग्रेस गाँउ सभापति मनपति भण्डारी, माओवादी केन्द्र ढिकुरपोखरीका अध्यक्ष गोविन्दप्रसाद अधिकारी, तारानाथ पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

माछापुछ्रे शिक्षा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्राध्यापक नारायणप्रसाद भण्डारीले संचालन गरेका थिए । तस्विर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button