काठमाडौं, २० असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय लम्की कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र टीकापुरका रेन्जर बाबुराम मिजारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त मल्लले नारायणपुर–९ का गोकर्णलाल डङ्गोलको जग्गामा रहेको सिमलको रुख कटान गरेर गोलियामा परिणत गरी बिक्री गर्दा विभिन्न बहाना बनाई रु २५ हजार ५०० मागेको पाइएको छ । यस्तै अभियुक्त मिजारले सोही गोलिया बिक्री गर्दा सेवाग्राहीसँग थप रु ५१ हजार मागेको पाइएकाले मुद्दा दायर गरिएको हो । अभियुक्त मल्ल र मिजारलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।
यसैगरी आयोगले पर्सा हरिपुर गाविसका तत्कालीन गाविस सचिव हेमन्तलाल कर्णले विभिन्न आवको रु १४ लाख ७१ हजार ५०० हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । कर्णले आव २०६५-०६६ र आव २०६६-०६७ को रकम फर्जी बिल भौचर बनाई हिनामिना गरेको र सरकारी रकम दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution