संस्कृति माथीको विकृतिलाई प्रहार गर्दै हङकङमा चलचित्र ‘म्हो’(ज्जाई)को प्रिमियर शो हुने

पोखरा, २० असार –

समन फिल्म प्रोडक्शनको दोस्रो प्रस्तुती गुरुङ संस्कृतिमा आधारित चलचित्र म्हो (ज्वाई) हङकङमा प्रिमियर शो हुने भएको छ ।

स्व. इशन गुरुङको परिकल्पनामा मनोज गुरुङले निर्माण गरेको चलचित्र म्हो यहि जुलाई २४ मा हङकङ स्थित याउ मे ताई हलमा प्रिमियर शो हुन लागेको हो ।

गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृती माथिको प्रहार गर्दै निर्माण गरिएको चलचित्रमको हङकङमा प्रिमियर गर्न लागिएको निर्माता म्नोज गुरुङले बताए । ‘गुरुङ्ग जातिको संस्कृतिमा भित्रीएको बिकृतीलाई चलचित्रमा समेटिएको छ’ उनले भने । पछिल्लो क्रममा अर्घौमा भेटी लेख्ने कुरामा प्रतिष्पर्धा हुने, नक्कली भेटी लेखेर आफ्नो धेरै रकम उठेको देखाउने कुरालाई जोड दिइएको छ। यसैगरी भेटी उठाउने बिषयमा दाजुभाईका बिचमा प्रतिष्पर्धा हुने, मृत्युको शोकमा भएका आफन्तलाई सुनैसुनले भरिदिने बिकृती मौलाउँदै जाँदा संस्कृति समेत बिकृती बनेको कथा चलचित्रमा रहेको उनको भनाई छ । गुरुङ्ग भाषामा ज्वाईलाई ‘म्हो’ भनिन्छ ।

२०७२ सालको उत्कृष्ट नेपाली चलचित्र कबडडी कबड्डीका कलाकार समेत रहेका अभिनेता माहोत्से गुरुङले यस चलचित्रमा प्रमुख भुमिका निर्वाह गरेका छन् । थुप्रै गुरुङ संस्कृतिमा आधारित चलचित्रहरु निर्देशन गरिसकेका माहोत्से गुरुङले यस चलचित्रमा भने म्हो (ज्वाई)को भुमिकामा देख्न पाइने छ । त्यसैगरी यसै चलचित्रबाट स्याङजा राम्बाच्छाका सितला गुरुङले चलचित्र उद्योगमा डेब्बु गरेकी छिन् । आधा दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी सितलाले यसै चत्रचित्रबाट नायीकाका रुपमा डेब्बु गरेकी हुन् ।

दिपेश गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा विश्वास गुरुङ, डिबी गुरुङ्ग, छाया गुरुङ्ग, पुर्णिमा गुरुङ्ग, राजेन्द्र थापा, रामबहादुर गुरुङ्ग(अठासीं लगायतको अभिनय छ । चलचित्रलाई रविन गुरुङले खिचेका हुन् । चलचित्रको अधिकाँश भाग पर्वतको आर्थर डाडाँखर्क गाबिसमा छायाँकन गरिएको छ । नेपाली समाजका विकृति माथी प्रहार गर्दै चलचित्र निर्माण गर्न रुचाउने मनोज गुरुङले यस अघि आदिबासी जनजाति माथि राज्यले गरेको शैक्षिक बिभेद कथा समेटिएको चलचित्र ‘गेटपास’ निर्माण माथी प्रहार गरेका थिए । निर्माता गुरुङ्ग गेटपासले स्वदेश र बिदेशमा पाएको सफलता यसपटक म्होले पनि पाउने बिश्वासमा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button