श्रीमतीलाई तेजाब हान्ने पक्राउ

  • पोखरा न्यूज
  • २०७३ अषाढ २१
श्रीमतीलाई तेजाब हान्ने पक्राउ

राजविराज, २१ असार –

सप्तरीको बेल्ही चपेना गाविस–७ का अमल रामले आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएका छन् ।

४० वर्षीय रामले आफ्नै श्रीमती वेतनीदेवी रामको अनुहारमा तेजाब छर्केर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । तेजाब प्रहारबाट गम्भीर घाइते वेतनीको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुन कारणले तेजाब हानेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

यता तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस