फरार आठजना पक्राउ

पोखरान्युजडटकम, २१ असार –

अदालतबाट कैद सजाय तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सिलसिलामा मोरङ र सुनसरी जिल्लाबाट विभिन्न मुद्दाका फरार दुई महिलासहित आठजना पक्राउ परेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला अदालतबाट नकबजनी चोरी मुद्दामा एक महिना कैद, रु ५०० जरिवाना सुनाइएका चिमडी–२ बस्ने नन्दलाल चौधरी, चिमड–८ बस्ने आशिचन्द चौधरी, तृतीयानन्द चौधरी, बहुविवाह मुद्दामा दुई महिना कैद तथा रु दुई हजार जरिवाना भएका तिरुलाल चौधरी, कैली चौधरी छन् ।

यसैगरी, कर्तव्य ज्यान मुद्दामा छ महिना कैद भएका धु्रवनारायण खवास, गर्भपतन मुद्दामा एक वर्ष छ महिना कैद भएका कौशल्यादेवी मण्डल तथा लागुऔषध मुद्दामा मोरङ जिल्ला अदालतबाट छ महिना कैद सुनाइएका मोरङ लेटाङ–२ बस्ने कुमार लिम्बू रहेका छन् ।

लिम्बूलाई पूर्व क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो भने अन्यलाई इलाका प्रहरी कार्यालय दुहवी र चिमडीको टोलीले आइतबार पक्राउ गरेका हुन् । पक्राउ परेका आठैजनालाई सम्बन्धित अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनका लागि मोरङ तथा झुम्का कारागार पठाइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button