भन्सार छलेका कपडासहित एक पक्राउ

बनेपा, २१ असार –

भन्सार छलेर ल्याएका लाखौँ मूल्य बराबरको एक ट्रक तयारी कपडासहित एक जनालाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।

बिपी राजमार्गको मङ्गलटार गाविसमा नियमित जाँचको क्रममा प्रहरीले ना ५ ख २३४३ नंको मिनीट्रकमा रहेको लुगासहित काठमाडौँ चन्द्रागिरि नपा–१२ बस्ने ३२ वर्षीय दीपेन्द्र खत्रीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

सोमबार पक्राउ परेका उनीहरुलाई राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button