पाल्पा, २१ असार –
एउटै सामुदायिकमा २४० प्रजातिका जडीबुटी रहेका छन् ।
छहरा गाविस–५ अम्लाबासस्थित अम्लाबास लेकसल्लेरी सामुदायिक वनले २४० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार रहेका छन् । अन्यत्र लोप भएका बहुमूल्य जडीबुटी यहाँ देख्न पाइन्छ । चोरी निकासीका कारण बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा पुगेकाबेला ती महत्वपूर्ण जडीबुटी स्थानीय वनमा हुर्काइएका छन् । यसबाट जडीबुटीका लागि अध्ययन अनुसन्धान गर्न सहज हुने सो वन उपभोक्ता समितिका अध्यक्ष माधव घिमिरेले बताउनुभयो ।
विसं २०५७ देखि जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लट बनाउने काम सुरु गरिएको हो । टिमुर, हर्रो, अम्ला, काफल, लालीगुराँस, नस्पाती, कागती, सुन्तला, अम्रिसो, चिराइतो, पानीअम्ला, भुइँकटर, कटहरलगायतका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लटमा रहेका छन् ।
जिल्ला वन अधिकृत दधीलाल कँडेलले उपभोक्ता समितिमार्फत सञ्चालित नमुना प्लटमा यति धेरै प्रजातिका जडीबुटी सङ्कलन गरेर सो सामुदायिक वनले उदाहरणीय काम गरेको बताउनुभयो । सो वनले १४ प्रजातिका जडीबुटीको खेती गर्दै आएको बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution