चितवन, २१ असार –
कलेज अफ मेडिकल साइन्सेजले चार वर्षअघि छाडेको बागेश्वरीको वन क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
त्यहाँ रहेका महत्वपूर्ण संरचना भने प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । विभिन्न सङ्घसंस्थाले सो क्षेत्रको वन र संरचना माग गरे पनि वन तथा भूसंरक्षण मन्त्रालयले योगी नरहरिनाथ आध्यात्मिक परिषद्लाई धार्मिक वन सञ्चालन गर्न दिने निर्णय गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढेको हो ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायका अनुसार व्यावसायिक रुपमा सो क्षेत्रलाई प्रयोग गर्न नदिने निर्णय गर्दै धार्मिक वन बनाउने सहमतिअनुरुप निर्णय भएको हो । मेडिकल कलेजले आवासका लागि निर्माण गरेको २२ ठूला भवन समेत त्यस क्षेत्रमा छन् । रायका अनुसार त्यहाँ रहेका कतिपय भवनलाई फोरेर रुख रोपिन्छ भने कतिपयमा जैविक विविधता सूचना केन्द्र र अन्यलाई तालिम केन्द्रका रुपमा विकास गर्ने योजना बनाइएको छ ।
कलेजले यसअघि प्रयोग गरेको क्षेत्र, नजिकैको खुला चौर र आश्रमले प्रयोग गरेको क्षेत्र गरी तीन दशमलव नौ हेक्टरलाई धार्मिक वनका रुपमा विकास गरिने छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution