अर्घाखाँची, २१ असार –
जिल्लामा कागती अभियान सञ्चालन गरिएको छ ।
यस वर्ष जिल्लाका अर्घातोष, मैदान र धनचौर गाविसमा १०–१० हजारका दरले कागतीका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलले जानकारी दिनुभयो । जिल्लामा ९० प्रतिशतभन्दा बढी कागती भारतबाट आयात गरिँदै आएको छ ।
कागतीलाई धेरै रोगका घरेलु उपचारका साथै सर्बत, जुस, अचारलगायतका परिकार बनाउन प्रयोग गर्न सकिने भएकाले उत्पादनमा जोड दिन थालिएको खरेलको भनाइ छ । जिल्लाका अन्य गाविस र सन्धिखर्क नगरपालिकामा समेत उक्त अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।
जिल्ला कृषि कार्यालयले किसानलाई प्राविधिक र अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । जिल्लामा उत्पादन भएको बागती स्थानीय बजारमै खपत गर्न सकिन्छ । एउटा बोटबाट करिब २० देखि ५० किलोसम्म कागती उत्पादन हुने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution