दूध उत्पादनमा वृद्धि

  • पोखरा न्यूज
  • २०७३ अषाढ २१
Post Thumbnail

तिलोत्तमा (रुपन्देही), २१ असार –

जिल्लामा वार्षिक रुपमा एक लाख ३० हजार ५७५ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

जिल्लामा पछिल्लो समय व्यावसायिक रुपमा गाई फार्म खुल्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । पशुसेवा कार्यालयका प्रमुख डा राधिराज उपाध्यायका अनुसार जिल्लामा गत वर्षदेखि घाँस र दाना उत्पादनमा जोड दिने लक्ष्य सहित (फरेज मिसन)  कार्यक्रम लागू गरिएको छ ।

“कार्यक्रम लागू भएपछि जिल्ला दूधमा आत्मनिर्भर बन्न थालेको छ,” उहाँले भन्नुभयो । जिल्लामा व्यावसायिक रुपमा गाईपालन गर्ने फार्मको सङ्ख्या ३१९ वटा रहेका छन् । पशु आहार विकास राष्ट्रिय अभियान कार्यक्रमले उन्नत जातका घाँसका बीउ वितरण गर्दै आएको छ । जिल्लाका सेमलार, मोतीपुर, देवदह, लुम्बिनी, सिक्टहन, धकधइलगायतका स्थानमा व्यावसायिक रुपमा घाँस उत्पादन गरिँदै आएको कार्यालयले जनाएको छ ।

कार्यालयले आव २०७२-७३ मा किसानलाई अनुदान स्वरुप रु एक करोड ५९ लाख वितरण गरेको जनाएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस