बुधबार सार्वजनिक बिदाको निर्णय भएको छैन – गृहमन्त्रालय

काठमाडौँ, २१ असार –

इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ । यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहमन्त्रालयले अनुरोध समेत गरेको छ ।

यसैबीच गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले रासससँग कुरा गर्दै ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषद्ले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिनुभयो ।

उहाँले ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भोलि ९बुधबार०नै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुन सक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button